IMG-LOGO

खोला गाउँका एकै घरका ६ जनाको हत्या

 मंगल, भदौ २२, २०७८  --

       संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको  हत्या गरेको जिल्ला प्रहरी जनाएको छ ।   हत्याको घटना सोमबार बिहान मात्र छिमेकीले थाहा पाएका थिए । छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताए । ५८ वर्षीय तेजबहादुर कार्कीसहित उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीय श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव घरवरिपरि फालिएको अवस्थामा भेटिएको छ । घटनाको थप विवरण बुझ्न डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न कम्तीमा ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्