IMG-LOGO

महिनावारीको पीडाबाट राहत दिने घरेलु उपचारहरु

 मंगल, भदौ २२, २०७८  --

       बदलिएको जीवनशैली, प्रदुषा र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्याकि पिडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमिता हुने भएका कारण कुनै पनि पहिलाका लागि महिनाको ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट,  कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा महिनावारी हुँदा हुने पीडाबाट राहत दिने केहि घरेलु उपचारहरु यहाँ दिइएका छन् जुन कुरालाई तपाईँले खानुपर्ने हुन्छ ।

१. दुध ः दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् । यसले तपाईँको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईँलाई दुध मिठो लाग्दैन भने तपाईँको क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।

२. मेवा ः महिनावारी भएको बेला मेवा खानाले फाइदा पु¥याउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन । जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ । 

३. गाजर ः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्री रोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले महिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले  हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।

४. घिउकुमारी ः  महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।

५. तुलसी ः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।

 

६. तातो पानीले नुहाउने ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।

७. अदुवा ः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस्  यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।

८. व्यायाम ः हुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । रक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।

९.जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस्  र रक्सीबाट टाढै रहनुहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्