IMG-LOGO

पनौती नपा र नविल बैँक बीच साझेदारी

 मंगल, भदौ १५, २०७८  --

       पनौती नगपालिका र नविल बैँकको साझेदारीमा उद्यमशिलता विकास र वित्तीय पहुँच विस्तार गर्न शुक्रबार एक कार्यक्रम बिच सम्झौता भएको छ । साझेदारी मार्फत नगरपालिकाले स्थानीय स्तरमा विभिन्न खालका उद्यमशिलता विकास कार्यक्रम, तालिम लिएर उद्यम व्यवसाय गर्न चाहनेहरुलाई नगरपालिकाको सिफारिसमा बैँकले नियमानुसार ऋण उपलब्ध गराउने छ । त्यस्ता विविध कार्यक्रममा तालिममा वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण परामर्श जस्ता कार्यक्रमहरु  सञ्चालन गर्ने भएको छ । सम्झौतामा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने र नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य बिच हस्ताक्षर भएको छ । कार्यक्रम बोल्दै नगरप्रमुख न्यौपानेले बैँकसँगको साझेदारी कार्यक्रमले नगरपालिकाका उद्यमी व्यवसायीहरु  उद्यमको विकास र व्यवसायिक प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्