पनौती नगरपालिका ५ बाँसघारीमा निर्माणाधीन मुक्तिनाथ मन्दिरका लागि नमोबुद्ध नगर प्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा आर्थिक सहयोग गरेका छन् । उनले मन्दिर निर्माणका लागि आफ्नो सेवा सुविधावापत प्राप्त रकमबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । तिमल्सिनाले मन्दिर निर्माण समितिका अध्यक्ष गोपालवहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । उनले धर्म र संस्कृतिको रक्षाका लागि मन्दिर निर्माण हुनु खुशीको कुरा भएको बताउँदै त्यसमा आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गर्न पाउँदा हर्षित भएको बताए । सो अवसरमा मन्दिर निर्माण समितिका अध्यक्ष थापाले नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिनाबाट प्राप्त सहयोगले मन्दिर निर्माणमा ठूलो मद्दत पुग्ने बताएका थिए ।
