भुम्लु गाउँपालिका वडा न.९ ज्याम्दीका बिरामी कारसाङ तामाङलाई उहाँकै घरमा पुगेर वडा अध्यक्ष दल बहादुर तामाङको उपस्थितिमा पौष्टिक खानेकुरा सहित सहयोग सहया समाजसेवी दावा लामाले रु ३० हजार हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष दल बहादुर तामाङ मार्फत बिरामीलाई हस्तान्तरण गरेको हो । बिगतमा समाजसेवी दावा लामाले यस्तै दुख पीडामा परेको धेरै मानिसहरुलाई सहयोग गर्दै आएका थिए ।
आगामी दिनमा पनि दुख पिडामा परेको मान्छेहरुलाई मलमपटटी लाउन र गरिब दुखिको सेवा गर्न पाउँदा आफू निकै खुसी हुने आगामी दिनमा गरिब दुखी पिडितलाई जस्तोसुकै सहयोग तयार रहेको कुरा समाजसेवी दावा लामाले बताउनु भयो ।
