IMG-LOGO

प्रतिक्रियावादीहरुले आप्mनो चिहान आफै खन्छन्

 मंगल, भदौ १५, २०७८  --

       काभ्रे, ९ भदौ । भक्तपुर काण्डको भत्र्सना गर्दै नेमकिपा काभ्रे जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले प्रतिक्रियावादीहरुले आप्mनो चिहान आफै खन्छन् भन्नुभयो ।२०४५ साल भदौ ९ गते तत्कालीन नेमकिसंका नेता कार्यकताहरुलाई पक्राउ गरेर ‘फाँसी दे’ भन्ने षड्यन्त्रकारी पञ्चायत आफै अन्त्य भएको उहाँले चर्चा गर्नुभयो ।

नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले नेमकिपाले देश र जनताको सेवा गरेको पञ्चायती शासकहरुलाई असह्य भएर षड्यन्त्रपूर्वक भक्तपुर काण्ड रचिएको बताउनुभयो । नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले चाणक्य नीतिअनुरुप पञ्चायती व्यवस्थाले नेमकिपाविरुद्ध षड्यन्त्र गरे पनि परिणाम विपरीत हुनु नराम्रो कामको राम्रो परिणाम हो भन्नुभयो ।कार्यक्रममा पुण्यशोभा श्रेष्ठ, लक्ष्मीराम न्हुछेप्रधान, पूणर्सिं तामाङ, भोला खरेललगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्