IMG-LOGO

ढुङ्गा खसेर लाग्दा मोटर साइकल चालक शाहको मृत्यु

 मंगल, भदौ १५, २०७८  --

             बी.पी राजमार्ग अन्तरर्गत रोशी गाउँपालिका-७ कटुञ्जेमा पहिरो खसेर ढुंगाले लाग्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ९ बजे बी.पी राजमार्गको कटुञ्जेमा माथिबाट पहिरो खसेर ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुर घर भएका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको छ भने मोटरसाइकल पछाडि सवार धनुषा रामानन्ध चोकका ३० वर्षीय सतिसकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते सतिसकुमार साहको पेट र अनुहारमा चोट लागेकोले धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्