IMG-LOGO

बादलहरुको पद खोसियो

 मंगल, भदौ १५, २०७८  --

       केपी शर्मा ओलीले संसद विघटन गर्दा साथ् दिने नेकपा माओवादी केन्द्र नेताहरु विलखबन्द मा परेका छन् । एमालेमा प्रवेश गरेका पूर्वमाओवादीहरुको जिम्मेवारी एमालेबाट पनि खोसिएको समाचार छ । हिजो सोमबार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निणर्य गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारी विहिन भएका हुन् ।

       माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापा र लेखराज भट्टको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै नेताहरु छन् ।  प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कणर्ालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ । नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्