सनातन कनयापुजा प्रवन्ध समिति बनेपाले हरेक वर्ष भाद्र शुक्ल अष्टमीको दिन १० औँ हजार कन्यहरुलाई पुजिदै आइरहेकोमा गत वर्ष कोभिड–१९ को कारण उक्त पुजा गरिएको थिएन भने यस वर्ष पनि कोभिड कै कारणले गर्दा कन्या पुजा नहुने भयो । कन्या पुजाको दिन १० औँ हजार कन्याहरुलाई जम्मा हुने सयौ जना पुजा गरिने भक्तजन अन्य व्यवस्थापन गर्ने सयौँ जना हुने भएको ठूलो भीड जम्मा हुने र स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै कन्या पुजा संचालन नगर्ने निर्णय भएको सनातन कन्यापुजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले बताउनुभयो । गत वर्ष कन्या अष्टमी भाद्र १४ गते पर्ने भएको छ ।
