IMG-LOGO

मेनेजर्स क्लव काभ्रेको अध्यक्षमा  बिवेकराज

 मंगल, भदौ ८, २०७८  --

     को–अपरेटिभ मेनेजर्स क्लव काभ्रेको अध्यक्षमा बिवेक राज ठकुरी चयन भएका छन् ।  काभ्रे जिल्लामा सञ्चालित सहकारीहरुमा कार्यरत मेनेजरहरु एक जुट भएर गठन गरिएको क्लबमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बिबेक राज ठकुरी चयन भएका हुन । सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषय विज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पु¥याउने, विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी संस्थामा एकरुपता कायम गर्ने, सहकारीका ब्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने लगायतको उद्देश्य राखि खोलिएको क्लबकोे उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहाल, सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसका प्रमुख कार्यकारी अधिकृत सविना पन्त चयन भएका छन् ।

     त्यस्तै सदस्यहरुमा आभाष साकोसका प्रमुख प्रबन्धक सुवास बैद्य, महिला आधारशिला साकोसका व्यवस्थापक यशोदा बोगटी, एक्सप्रेस साकोसका प्रमुख कार्यकारी अधिकृत अरुण थापा, लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी र पञ्चकुमारी बहुउद्देश्यीय सहकारीका व्यवस्थापक गंगा दाहाल रहेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्