बनेपा नगरपालिकावडा नं १३ स्थित साँगा नजिकै भुवन न्हुच्छे प्रधानको साढे ३ तले घरमा एक्कासी अत्याधिक तापक्रम बढे सँगै घरमा बस्न डरलाग्दो भएको बताउनु भएको छ । भुइतल्ला र सँगैको शौचालयमा असमान्य तापक्रम बढेकोले आइतबार विहान ७ बजे किराना पसल खोल्न डर लागेको घर मालिका भुवन न्हुच्छे प्रधानले बताउनुभयो । के हुने हो कसो हुने भन्ने चिन्ताले रातभरी सुत्न नुकेको घर मालिक प्रधानले भन्नु भयो । साँगा चौकीको इन्चार्ज हरिमाया श्रेष्ठले खानी तथा भुगर्व विभगले खबर गरेपछि सोमबार भुगर्व विद कुमार खड्का आएर जाँच बुझु गर्दा भौगरर्विक कारण नभई अन्य नै कारण भएको उल्लेख गर्नुभयो ।
बरिष्ठ भुगर्वबिद कुमार खड्काका अनुसार अरथिङ तार लिकेज, इलेक्ट्रीफिटिङ मिसिङ भइ उक्त घरमा तापक्रम असामान्य भएको हुन सक्ने बताउनु भयो । त्यस्तै गरी नजिकैको छिमेकी घरमा समेत त्यस्तो भएको हुन सक्छ भनि थप प्रष्ट पार्नुभयो । उक्त वरीपरी क्षेत्रमा अरथिङ तार र इलेक्ट्रीक फिटीङको अवस्था हेर्न विद्युत प्राधिकरणलाई चेक जाँच गराउन लाग्नु पर्ने भुगर्वविद खड्काको भनाइ रहेको थियो । पसल कोठा र शौचालय क्षेत्रको भित्तामा एकै साइडमा मात्र तापक्रम भएको अन्यत्र सर्दै नगएकोले भौगरवीक कारण नभएको धारणा भौगर्वविद खडकाले राख्नुभयो । स्थानीय ८८ बर्षीय गणेश बहादुर डङ्गोलले विगतमा यस्तो केहि भएको थियो की भनेर जिज्ञासा राख्दा त्यस्तो कुनै घटना नभएको बताउनुभयो ।
तापक्रम असमान्य रुपमा भएको उक्त घर वरीपरी भने भिमसेनको मन्दिर, तलेजु भवानीको प्रतिस्थापीत मुर्ति रहेको छ । तलेजु भवानीको प्रतिस्थापीत मुर्ति भएको क्षेत्रमा भने पूजारीले मात्र नियमित पूजा गर्ने चलन छ अरु भक्तजनले भने पूजा गर्न पाउने छैनन् । उक्त घटनामा अवस्था बुझ्न जिल्ला समन्वय समिति काभ्रेको प्रमुख उद्धव केसी, काठमाण्डौ विश्वविद्यालयका रजिष्टार सुबोध शर्मा लगायत आउनु भएको थियो ।
