काभ्रेमा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार ५४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणबाट ४ जना र एन्टिजेन परिक्षणबाट ५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
यसैविच काभ्रेमा कोरोना विरुद्धको खोप लगाउने क्रममा पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख ५ हजार ९९ सय जना, दोस्रो मात्रा खोप लगाउनेको संख्या ८२ हजार ७ सय १५ रहेको बताईएको छ । सोमबार देशभर थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।
