हिजो माधवकुमार नेपाल र उनी पक्ष नेता चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज सनाखत गर्न ती नेताहरु चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् । नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेताहरु बीच छलफल भएको थियो । माधव नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा गहन छलफल भएको थियो । आज मंगलबार बिहान चन्द्रागिरिमै छलफल गर्ने र त्यहाँबाट सिधै निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।
