बनेपा हेल्थ केयर प्रा.लि.ले तेस्रो बर्ष पुरा गरेको छ । विश्वासिलो स्वास्थ्य संस्थाको पहिचान बनाएको हेल्थ केयरले आफ्नो तेस्रो वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाएको छ । उक्त अवसरमा काभ्रेको पनौंतीमा अवस्थित प्राणनाथ माइती बृद्धाश्रममा संस्थाका प्रबन्ध निर्देशक जितेन्द्रकुमार थापा र व्यवस्थापक शिव पौंडेलको सहभागितामा बृद्ध आमाबुबाहरुलाइ चाहिने विभिन्न प्रकारका औंषधिहरु, वाफलिने निवुलाईजर, भिटामिन, हर्लिक्स, माक्स, सेनिटाइजर लगायतका औंषधिजन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । शुलभ शुल्कमा उच्चस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा दिइरहेको बनेपा हेल्थ केयरले यो बर्ष उत्कृष्ट कर्मचारी फार्मेसी विभागकी सहायक फर्मासिस्ट सुशिला बुढाथोकीलाई घोषणा गर्दै मायाको चिनो, प्रमाण पत्र र नगद सहित सम्मान गरेको बताईएको छ । बनेपा हेल्थ केयरले कोरोना कहरमा समेत आफ्ना चिकित्सक तथा कर्मचारीहरुलाई पुर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी कुनैदिन पनि स्वास्थ्य सेवा बन्द नगरिकन विरामीहरुको सेवामा अनरवरत रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रबन्ध निर्देशक जितेन्द्रकुमार थापाले जानकारी दिनुभयो । अबका दिनहरुमा झनै उत्कृष्ट बनाई छिटो छरितो सेवादिने तथा विशेषज्ञ सेवालाई थप गरी दैनिक रुपमा छाला रोग विशेषज्ञ र महिला तथा प्रशुति रोग विशेषज्ञको सेवादिदै जाने कुरा संस्थाका व्यवस्थापक शिव पौडेलको भनाई रहेको छ ।
