IMG-LOGO

नेकपा एमालेको खेलाडीहरुको भेला

 मंगल, भदौ १, २०७८      हरिनाथ न्यौपाने 

    नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अनुशासन र मर्यादालाई पालना नगरे खेलबाट निस्काशित भए जस्तै राजनीतिमा पनि अनुशासनहीन काम गर्ने कोहि पनि नटिक्ने बताउनु भएको छ । नेपाल खेलकुद महासंघ काभ्रेको जिल्ला भेलालाई ३५ मिनेट सम्वोधन गर्दै उहाँले अहिले बनेको कम्फरटेबल सरकारलाई कोरोना भाइरसको खोप वितरण तथा आफ्नो सरकारले ल्याएका बजेटहरुमा राजनिति नर्गन समेत चेतावनी दिनुभयो । माधव नेपाल र प्रचण्डको शुसासन नहुदा आज उहाँहरुले दुःख पाउनु भएको भन्दै आगामी चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउने दावी गर्नुभयो ।  नेपाललाई खेलकुद जगतमा अगाडि लैजान केपी ओलीको सरकारले नेतृत्व र संरक्षण गर्दै आएको भन्दै बास्कोटाले नेपालमा खेलिदै आएका पुराना खेलहरु लोपहुदै गएको र खेल जगतले व्यक्ति मात्र नभई देशलाई चिनाउदै आएको स्मरण गर्नुभयो । हाम्रो देशका पुराना खेलहरु लोपहुन नदिन खेलकुद महासंघलाई सक्रिय रुपमा लाग्न समेत अनुरोध गर्नुभयो । कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष अशोक व्याञ्जू, युवा संघ काभ्रेका अध्यक्ष बिक्रम चौलागाई, नेपाल सितोरियो कँराते काभ्रेका अध्यक्ष प्रताव वैद्य, पूर्ण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो  । नेकपा एमालेका नेता रामहरि सुबेदी, पनौती नगरपालिका मेयर भिम न्यौपाने, नेकपा एमाले काभ्रेका युवा नेता कन्चन अधिकारी ,सचिवालय सदस्य मुक्ति बिष्ट , जिल्ला कमिटी सचिवालय सदस्य कुमार तिमल्सिना, युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा, केन्द्रिय कोषाध्यक्ष राकेश लामा , अनेरास्ववियुका केन्द्रिय सदस्य जेनिस लामा, युवा नेता रत्नकुश रंजित लगायतका युवा नेता, कार्यकर्ताहरुको उपस्थित रहेको कार्यक्रममा निरोज खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सितोरियो कँरातेका प्रशिक्षक नवराज मानन्धर नेपाल खेलकुद महासंघ काभ्रे जिल्ला अध्यक्षमा चयन हुनु भएको छ ।  जिल्लामा हुदै आएका खेलहरुको संरक्षण गर्ने लक्ष्य राखिएको नेपाल खेलकुद महासंघ काभ्रेले ९९ जनाको जिल्ला कमिटी बनाएको छ । जिल्ला भेलाले काभ्रेमा रहेको १३ वटा स्थानीय तह बाट संयोजक र सचिव समेत चयन गरेको छ । जसअन्तर्गत बनेपा नगरपालिका बाट बिक्रम प्रजापति संयोजक, अनिष मानन्धर सचिव , पनौती नगरपालिका बाट रुपकराज ताम्राकार संयोजक, बिजेश लामा सचिब, धुलिखेल नगरपालिकाबाट ओम गोपाल जनेजु संयोजक, कृष्ण थापा मगर सचिब, नमोबुद्द नगरपालिका बाट प्रदिप भण्डारी संयोजक, अनिश सत्याल सचिब, मण्डन देउपुर नगरपालिकाबाट सुमन श्रेष्ठ संयोजक, लक्ष्मण तामाङ सचिब, पाँचखाल नगरपालिका बाट सुनिल बजगाई संयोजक, कुमार श्रेष्ठ सचिब, चौरी देउराली गाउँपालिका बाट सागर गौतम संयोजक, जीवन चौलागाईं सचिब , महाभारत गाउँपालिका बाट रबिन्द्र दुलाल संयोजक, सुधन मोक्तान सचिब, खानीखोला गाउँपालिका बाट उमेश राणा संयोजक, योगेश तिमल्सिना सचिब, रोशी गाउँपालिका बाट बिनोद कुमार तामाङ संयोजक, आशिष लामा सचिब , तेमाल गाउँपालिकाको सन्जय मैनाली संयोजक र नेत्र बहादुर तामाङलाई सचिबमा जिल्ला भेलाले चयन गरेको छ । समारोहमा २५ जना मन्चमा बसेका थिए भने २ सय भन्दा बढीको सहभागिता थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्