वागमती टिपर व्यवसायी संघ काभ्रेले संघमाआवद्ध रहेका गाडी धनीको मृत्यु भएको खण्डमा नगद राहत प्रदान गर्ने नीति अनुरप बुधबार एक कार्यक्रमको आयोजना गरी २०७८ साल जेष्ठ २ गते निधन भएका गडी धनी नर बहादुर कार्कीको परिवारलाई ३ लाखको चेक हस्तान्तरण गरेको छ । बागमती टिपर व्यवसायी संघ काभ्रेका अध्यक्ष प्रेम लामाले स्वर्गीय नर बहादुर कार्कीको श्रीमती अरीना कार्की अधिकारीलाई ३ लाखको चेक हस्तान्तरण गर्नुभयो ।
संघमा आवद्ध रहेका सदस्य गाडी धनीको कुनै पनि किसीमबाट निधन भएमा राहत स्वरुप आर्थिक सहयोग गरिने कुरा कार्यालय प्रमुख प्रकाश कायस्थले बताउनुभयो । काठमाण्डौ महानगरपालिका–६ बौद्ध सिमलटारका नरबहादुर कार्कीको गाडी नं ०१००३ क ५६२८ रहेको छ । यस संघमा हाल ८ सय व्यवसायी अवद्ध रहेका छन् । कार्यक्रममा कार्य समिति र व्यवसायीको सहभागिता रहेको थियो ।
