पनौती, महिलाहरुको श्रम र सिपको सहि सदुपयोग गरी आर्थिक शसक्तिकरण गर्ने उद्देश्यका साथ गृहश्रमीक ब्रम्हायणी महिला समूहबाट पनौती वडा नं ७ मा कोशेली घर सञ्चालन गरेको छ । शुक्रबार एक कार्यक्रम विच पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जाराले उद्घाटन गर्नुभयो। सहकारी क्षेत्र, कृषि क्षेत्रबाट उत्पादन गरेका बस्तुहरु, घरेलु तथा साना उद्योगबाट महिला दिदीबहिनीहरुले आफ्नो श्रम सिप प्रयोग गरेर उत्पादीत बस्तुको उचित बजार मूल्य पाउन नसकेकोले बजार मुल्य निर्धारण गरी विक्रि वितरण गर्न सक्नु पर्ने धारणा उपप्रमुख गिता बञ्जाराले राख्नुभयो । उपप्रमुख बञ्जाराले भन्नु भयो महिलाहरुले सिपबाट उत्पादीत बस्तुहरुको मुल्य निर्धारण गरी विक्रिको लागि सहज गरिदिने उल्येख गर्नुभयो । पछाडी परेका पारीएका अल्पसंख्यक दलित, जनजातिहरुको आर्थिक उन्नतीको लागि नगरपालिकाको नीति कार्यक्रम र बजेट छुट्टाएको नगर उपप्रमुख बञ्जाराले बताउनुभयो । त्यस्तै गरी एकल महिलालाई समेत पनौती नगरपालिकाले राज्यले दिएको भत्ता बराबर दिएको उल्येख गर्नुभयो ।
गृह श्रमिक सरोकार समाज नेपाल काठमाण्डौँकी अध्यक्ष प्रभा पोखरेल, सचिव कमला पन्थ, पनौती नगरपालिका महिला शाखा प्रमुख लक्ष्मी पोखरेल, पनौती नगरपालिका वडा नं ७ वडा सदस्य सुवर्ण माया कर्माचार्य, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो । महिलाहरुको सिप विकास बाट उत्पादन गरेका, स्वीटर, छवाली, कागजबाट बनाएको ढक्की, जुत्ता, कपडाको व्याग लगाएतका सामाग्रीहरु कोशीली घरमा प्राप्त गर्न सकिने छ । महिला समूहलाई महिलाहरुको सिप विकास र कोशीली घर सञ्चालनका लागि पनौती नगरपालिकाले ३ लाख ७५ हजार रकम दिएको संस्थाकी सचिव मुना कर्माचार्यले बताउनुभयो ।
