बडालगाउँ, साकुरा रोटरी क्लब अफ जापानको आर्थिक सहयोग तथा रोटरी क्लब अफ धुलिखेलको समन्वयमा निर्माण गरिएको दुईवटा पक्की शौचालय आइतबार एक समारोहका बीच हस्तान्तरण गरेको छ । श्री सरस्वती माध्यमिक विद्यालय धुलिखेल ८ का विद्यार्थीहरुको उपयोगका लागि दुईवटा पक्की शौचालय, फर्निचर समाग्री र डिजिटल बोर्ड विद्यालयलाई हस्तान्तरण गरिएको कुरा विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद बडालले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य विष्णुबहादुर भुजेलको सभापतित्वमा तथा धुलिखेल ८ का वडा अध्यक्ष विनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । रोटरी क्लब अफ साकुरा जापानका प्रतिनिधि, विद्यालयका पूर्व अध्यक्ष साधुराम बडाल, पूर्व प्रअ रमेशकाजी श्रेष्ठ, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष मोहन श्रेष्ठ, पूर्व अध्यक्षहरु अशोक श्रेष्ठ, रजीव श्रेष्ठ, साकुरा जापानका अध्यक्ष रियो साकुमा, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज हुमागाई, विजय केसीको सक्रियता, साकुरा जापानका अध्यक्ष रियो साकुमा र प्रतिनिधिको आर्थिक सहयोगमा करिब ४२ लाखमा २४ फिटको लेडीज र जेन्सले प्रयोग गर्ने शौचालय बनेको विद्यालयले जनाएको छ । रोटरी क्लब अफ धुलिखेलका उपाध्यक्ष प्रल्हाद प्याकुरेल, अभिभावक वर्ग र शिक्षकहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
