पंतजलि योग साधना केन्द्र, महिला पंतजति योग समिति अन्तर्गत बनेपा नगरको वडा नं. ४ माझ गाउँमा स्थापना भएको पंतजलि योग साधना केन्द्रको, पंतजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले र बनेपा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शुन्दर श्रेष्ठले संयुक्तरुपमा उद्धघाटन गर्नुभयो । पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकास कायस्थको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य विदुर बजगाईले गर्नुभएको थियो । प्रमुख अतिथि ग्रुवेन तौजले र वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले पंतजलि योग साधना केन्द्रका पदाधिकारीहरुको नाम घोषणा गर्नुभएको थियो । नव गठीत समितिका संयोजक विदुर प्रसाद दाहाल, सदस्यहरुमा उर्मिला बजगाई, गिता बजगाई, प्रतिमा पराजुली, सल्लाहकारमा देवहरी पराजुली, टुकमाई बजगाई (वडा सदस्य) रहनुभएको छ । उक्त कार्यक्रममा पंतजलि योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पंतजलि योग समिति काभ्रेका निवर्तमान अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष रमेश श्रेष्ठ र लक्ष्मी नारायण श्रेष्ठले मन्तव्य राख्नुभएको संचार प्रभारी मिलनभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
