IMG-LOGO

पाँचखाल र पनौतीबाट शंकास्पद गतिविधि गर्ने व्यक्तिहरु पक्राउ

 मंगल, मंसिर ९, २०८३  -

    काभ्रेको पाँचखालबाट शंकास्पद गतिविधिमा संलग्न ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले पाँचखाल–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट छापा हानेको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट प्रशासकीय अधिकृत सुनिता र जिल्ला प्रहरी कार्यालयको नेतृत्व डीएसपी रविन विष्टले गर्नुभएको थियो ।
    सो क्रममा शंकास्पद गतिविधिमा संलग्न ३१ पुरुष र ५ महिला गरी ३६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रबिन विष्टले जानकारी दिए । उनका अनुसार उक्त रिसोर्टका २ वटा कोठाबाट केहि थान ल्यापटप र मोवाइल पनि नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट विज्ञ सहितको टोली माग गरिएको छ । पाँचखालमा मात्र नभई धुलिखेलको देवीथानमा रहेको गन्तव्य रिसोर्ट, पनौतीस्थित थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टलगायतका रिसोर्टहरूमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ ।
    त्यसैगरी पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३६ जापानी र ४ चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार बुधबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बसेको प्रहरीले जनाएको छ । रिसोर्टमा बसेका विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिनुको कारण भने खुलाइएको छैन । उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूको गतिविधि र उद्देश्यबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्