IMG-LOGO

सिभिल प्रहरी हुँ भन्दै डर त्रास देखाउने पक्राउ

 मंगल, मंसिर ९, २०८३  -

    डान्सबार प्रवेश गरेर आफू सिभिल प्रहरी हुँ भन्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ घर भई भक्तपुर बस्ने २२ वर्षीय नवराज कुँवर र सोही ठाउँका १८ वर्षीय सुमन तामाङ रहेका छन् ।
    जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दुवै जना बिहीबार राति साढे १२ बजे काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्सबार प्रवेश गरेका थिए । त्यहाँ उनीहरूले सिभिल प्रहरी भएको भन्दै सञ्चालक तथा कर्मचारीसँग विवाद गर्नुका साथै धाकधम्की र डरत्रास देखाएको प्रहरीले जनाएको छ ।
    घटनाबारे सूचना पाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले तीन दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्