काभ्रे, ३१ साउन । नेपाल मजदुर किसान पार्टी काभ्रेका पूर्व पदाधिकारी एवम् बनेपा १३ वडा समितिका सदस्य स्व. राजेन्द्र श्रेष्ठको शनिबार श्रद्धाञ्जली सभा भयो । श्रद्धाञ्जली सभामा नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले देश र जनताको हितमा योगदान गर्ने व्यक्तिको समाजले स्मरण गर्ने बताउनुभयो । नेमकिपा काभ्रेका निवर्तमान अध्यक्ष धर्मलाल मानन्धरले स्व. राजेन्द्र श्रेष्ठ सरल, मिलनसार व्यक्ति भएको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका अध्यक्ष लक्ष्मीराम न्हुछेप्रधानको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा डा. हरिप्रसाद मानन्धर, अनिता मानन्धर, नित्यनारायण चण्डी, ओमप्रसाद मानन्धरलगायतले स्व. राजेन्द्र श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नु भएको थियो ।
