IMG-LOGO

कार्कीको सुनुवाइ स्थगित

 मंगल, मंसिर ९, २०८३  -

    प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा. केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो । त्यसपछि दानबहादुर केर्कीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो । त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । सर्वोच्चले अर्को सुनुवाइको मिति भने तोकिसकेको छैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्