IMG-LOGO

दानवीर राजभाइको सहयोगले अस्पतालको बहिरङ्ग विभागको भवन बन्यो

 मंगल, मंसिर ९, २०८३  रमेशप्रसाद न्यौपाने 

    शिर मेमोरियल एडभेन्टिष्ट अस्पताल बनेपामा निर्माण भएको बहिरंग विभागको नयाँ भवन उद्दघाटन गरिएको छ । बनेपाका ८१ वर्षीय समाज सेवी एवं दानवीर राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन बुधबार एक कार्यक्रमबीच बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उद्धघाटन गर्नुभएको हो । अस्पतालमा शुरु गरिएको हेमोडाइलासिस वार्ड पनि मुख्यमन्त्री थापामगरले उद्धघाटन गर्नुभएको हो । २०८३ भाद्र १० गते प्रधानकै जन्मदिनको अवसर पारेर भवन अस्पताललाई हस्तान्तरण गरिसकिएको थियो ।
    बनेपा स्थायी घर भई हाल ललितपुरको बागडोल बस्दै आउनुभएका प्रधानले समाजमा केही पुण्य काम गर्नुपर्छ भनेर अस्पतालको सेवा विस्तारको लागि भवन निर्माणलाई सहयोग गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य क्षेत्रको लागि सहयोग गर्दै आएका प्रधानले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), कोटेश्वर, कुलेश्वर लगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो ः मानव सेवामा समर्पित हुँदै सबै एकतावद्ध दङ्गबाट समाज रुपान्तरणमा लाग्नुपर्ने तर्क समाज सेवी प्रधानले गर्नुभयो । राष्ट्रमा अनुशासित, चरित्रवान र सभ्य नागरिकको खाँचो रहेको उल्येख गर्दै आफूलाई राजनीतिक भाषण गर्न भने नआउनेकुरा समाजसेवी प्रधानले बताउनुभयो ।
    भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा क्यान्सर रोग उपचारको लागि रेडिएसन मेशिन जडानको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै काभ्रेपलाञ्चोक र आसपासका प्रभावित लाभान्वित हुने कुरा बताउनुभयो । मुख्यमन्त्री किरण थापा मगरले ३५ वर्ष केहि भएन भन्ने भास्य बनाएर जनतालाई दिगभ्रमित पारेको बताउँदै हाल केन्द्रीय नयाँ जनमतको नयाँ सरकार गठन भएको बताउँदै विगतमा केपी ओली नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा दिगो बिकास लक्ष्यप्रतिको कार्य गरेको उल्येख गर्नुभयो । नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार, ३ सय ९६ पालिकामा अस्पताल निर्माणको शिलान्याश गरेको कुरा मुख्य मन्त्री थापाले बताउनुभयो । देशमा ९८ प्रतिशत बिद्युतिकरण, ९१ प्रतिशत नागरिकले सुद्ध पिउने पानीको सहजता भएको मुख्यमन्त्री थापाले बताउनुभयो ।
    कार्यक्रममा प्रतिनिधी सभा सदस्य बदनकुमार भण्डारी, बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्य, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी लगायतले दाता राजभाइ प्रधानको भावनाको सम्मान गर्दै आफ्नो तर्फबाट अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मृगौला रोगको उपचार प्रारम्भ
    अस्पतालका कार्यवाहक प्रमुख कार्यकारी अघिकृत एवं मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले सरकार, समाज र दाताहरुको सहयोगले नै अस्पतालले क्रमिक रुपमा सेवा विस्तार गर्न सकेको बताउँदै अस्पतालको तर्फबाट आभार प्रकट गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रभा शाक्यले ६६ बर्षदेखि सेवा दिइरहेको अस्पतालमा थप भएका संरचनाले यहाँको सेवा व्यवस्थित, सहज, सुरक्षित र अझ गुणस्तरीय हुने विश्वास व्यक्त गरिन् । अस्पतालमा अब मृगौला रोगको उपचार समेत प्रारम्भ भएको छ । दुई सय सैया क्षमताको अस्पताल भएको कुरा अस्पतालकी प्रशासन प्रमुख सूर्य प्रभा शाक्यले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्