जिल्ला बचत संघ काभ्रेले बार्षिक समिक्षा तथा रणनीतिक योजना तर्जुमा कार्यक्रम शनिबार सम्पन्न भएको छ । जिल्ला बचत संघका अध्यक्ष रामहरी केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीे गर्नु भएको थियो । १ सय ८० शेयर सदस्य रहेको संघको शेयर पूँजी ६ करोड ३३ लाख ८९ हजार रहेको छ । अव.व. २०७७÷०७८ को लक्ष्य भने ७ करोड लिइएको थियो । ६१ करोढ २७ लाख ११ हजार ९९ ऋण लगानी गरी३ करोड९२ लाख ४ हजार १ सय ७ व्याज आम्दानी गर्न सफल भएको प्रवन्धक गुरुप्रसाद ढकालले बताउनुभयो । ४ करोड १२ लाख ४३ हजार ७३ कुल आम्दानी गर्न सफल भएको छ । ३ करोड ८० लाख ६८ हजार १ सय ६७ कर पछिको नाफा कमाउन सकेको छ । कार्यक्रममा जिल्ला बचत संघका सचिव उदयराम कायस्थले संघको समग्रह अवस्थको बारेमा जानकारी गराउनु भएको थियो । कोषाध्यक्ष जीतेन्द्र नकर्मीले वित्तीय अवस्थाको बारेमा मन्तव्य राख्नु भयो । समिक्षा कार्यक्रमको सञ्चालन बरिष्ठ तालिम सहायक रवि खत्रिले गर्नु भएको थियो । काभ्रे जिल्लामा ५ सय ३७ वटा वचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । तर संघमा भने १ सय ८० संस्था अवद्ध रहेकाले ग्रामीणको कुना कुनाकदहराका सहकारी संस्थाहरुलाई समावेश गराउन पहलकदमी गर्नुपर्ने विषयमा सहभागीहरुले सुझाव दिएका थिए ।
बन्ने भो जिल्ला सहकारी संघ काभ्रेको भवन
जिल्ला सहकारी संघ काभ्रेको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । बुधबार सहकारीहरुको छाता संस्था जिल्ला सहकारी संघका पूर्व अध्यक्ष एवं वर्तमान अध्यक्षले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभयो । पूर्व अध्यक्ष माधवनारायण जोशी, कुलचन्द्र अधिकारी, मुकुन्दप्रसाद दाहाल, शुभप्रसाद अधिकारी, सोमप्रसाद हुँमागाई, विनोद पराजुली, वर्तमान अध्यक्ष दिलिप शर्माले संयुक्त रुपमा भवन शिल्यान्यास गर्दै कृषि उत्पादनदेखि सहकारीका धेरै कुराहरु गर्ने योजना बनाएको बर्षौ भएपनि सो सपना पुरा थालेको बताउनु भएको थियो । बनेपा नगरपालिका वडा नं ७ गोदामचोकमा खानी निर्माण सेवा प्रा.लि. काठमाण्डौले जिल्ला कृषि सहकारी बजार भवनको निर्माण चार करोड १९ लाख ७६ हजार ९ सय ३५ रुपैँयाँमा ठेक्का सम्झौता गरी काम सुरुवात गरेको हो । जसअन्तर्गत सहकारी बजार विकास कार्यक्रमको २ करोड ९ लाख ८८ हजार ४ सय ६७ रुपैँया र जिल्ला सहकारी संघ लि. को २ करोड ९ लाख ८८ हजार ४ सय ६७ रुपैँया लागत रहनेछ ।
२०७९ असार २७ गते सम्म निर्माण सम्पन्न गरी सक्नुपर्ने सम्झौता गरिएको बताइएको छ । बर्तमान अध्यक्ष दिलिप शर्माको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा ६ जना पूर्व अध्यक्षहरु, संघका सल्लाहकार टिकाबल्लभ सापकोटा, रेनुका चौलागाई, बनेपा वडा नं ७ का वडाअध्यक्ष वर्ण शाक्य, राष्ट्रिय प्ररियोजना प्रवन्धक सुमन शेखर मानन्धर, सिनियर इन्जिनियर श्यामणि काफ्ले, प्रोस्कुन अध्यक्ष उद्भव सापकोटा, बचत संघका अध्यक्ष रामहरी केसी, कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाल, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विधान जोशी, दुग्ध सहकारी संघका अध्यक्ष नारायण बडाल, कफि सहकारी संघका अध्यक्ष शिवप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैँक बनेपा प्रमुख विरवल राजबंशी लगायत सहकारीकर्मी एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
जिल्ला सहकारी संघ काभ्रेका दिवंगत पूर्व अध्यक्ष नारायणदास उलक, आशाकाजी वैद्य, शिवराज शर्मा, बलराम गुरागाईको योगदान लाई सम्झना समेत गरिएको कार्यक्रममा संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव निरंजन विष्टले गर्नुभएको थियो ।
