बि.पि. राजमार्ग रोसीखोला चौकी डाडा बैकल्पिक सडक खण्ड र रोसी खोलामा निर्माणक्रममा रहेको नमोबुद्द नगरपालिका–६ खरीबोट स्थित बेली बृज बेस बाल निर्माणको बिहीबार जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुगमन गरेको छ । उक्त अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेका गणपति सशस्त्र प्रहरी उपरीक्षक जगत सिंह डाँगा लगायतको उपस्थिति रहेको थियो । अविरल वर्षातको कारण रोशी खोलाले पक्की पुल बगाएपछि सिपाली, खानीखोला हुँदै महाभारत गाउँपालिका सम्म पुग्ने यातायातका साधन अवरुद्ध हुँदा नागरिकहरुले सास्ती खेप्नुपरेको थियो । छोटो समयको लागि ह्युम पाइपको बैकल्पिक ब्यवस्था भने गरेको छ । खोला क्षेत्र परीसरमा यातायातका साधन निकै जोखिमका साथ यात्रु लिएर जानुपर्ने अवस्था छ भने समाग्री ढुवानी झनै कठिन छ । वर्षातको समयमा रोशी खोलाको वितम्यले जहिल्यै नागरिकहरुले सास्ति व्यहोर्नु परेको छ । विहिबार देखि तिनदिन परेको अविरल वर्षाले बाढीपहिरोले दुई दिनसम्म सडक अवरुद्ध भयो ।
