IMG-LOGO

केके कर्माचार्य र सृजना दुवाललाई सयपत्री राष्ट्रिय सम्मान प्रदान गरिने

 मंगल, कार्तिक १८, २०८३  -

    बनेपा । सयपत्री प्रतिष्ठान नेपाल बनेपा जनागालले यस वर्षको सयपत्री राष्ट्रिय सम्मान २०८३ वरिष्ठ कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके (कान्छा कुमार) कर्माचार्य र काभ्रेली साहित्यकार लेखक सृजना दुवाललाई प्रदान गर्ने भएको छ । २०५१ सालमा स्थापना भएको सयपत्री प्रतिष्ठान नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर २०५५ सालदेखि जनागालमा प्रत्येक वर्ष साहित्यिक कार्यक्रम संचालन गरि  सयपत्री राष्ट्रिय सम्मानबाट राष्ट्रिय स्तरका एकजना वरिष्ठ श्रष्टा र काभ्रेली श्रष्टा एक जनालाई दम्पती सहित सम्मान गर्दै आएको छ । यस वर्ष आगामी कार्तिक २१ गते महाकवि देवकोटाको ११८औंं जन्मजयन्तीको अवसरमा वरिष्ठ कलाकार केके कर्मचार्यलाई उहाँकी जीवन सङ्गिनी रीना कर्माचार्य र काभ्रेली साहित्यकार सृजना दुवाललाई उहाँको जीवनसंगी संगितकार सन्तोषभक्त श्रेष्ठको साथमा नेपालका प्रख्यात संस्कृतिविद् तथा इतिहासकार संस्कृति शिरोमणी हरिराम जोशीको प्रमुख आतिथ्यमा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ । जनज्योती माविको सभाहलमा हुने कार्यक्रममा राष्ट्र तथा जिल्लाका श्रष्टाहरुको रचना वाचन समेत हुनेछ । प्रतिष्ठानले गर्ने सयपत्री सम्मानमा सम्मान पत्रका साथमा सयपत्रीको माला, दुवोको माला, दोसल्ला, तिहारको मसला, फलफुल र बाटो खर्च ५००१ प्रदान गरिदै आएको छ । श्रष्टाको श्रीमानश्रीमतीलाई एउटै मन्चमा राखि दम्पती एक अर्काले दुबोको माला लगाई गरिने सयपत्रीको दम्पती सहितको राष्ट्रिय सम्मान र तिहारको मौसममा सयपत्रीको माला तिहारको भाई मसला, फलफुल दिइएर तिहारको द्यौसीभैलो गरि प्रदान गरिने सम्मानलाई सबैले उदाहरणीय र रोचक सम्मानको रुपमा लिएका छन् ।
    वरिष्ठ साहित्यकार जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं सयपत्री प्रतिष्ठानका प्रमुख सल्लाहकार मोहन दुवालको संयोजनमा हुदै आएको सयपत्री राष्ट्रिय सम्मानबाट यस अघि राष्ट्र तथा काभ्रे जिल्लाबासी गरि ७८ जना श्रष्टा सम्मानित भई सकेका छन् । यसरी सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा महाकाली घिमिरे, कृष्णचन्द्र सिहं प्रधान, रमेश विकल, चित्तरञ्जन नेपाली, माधवलाल कर्माचार्य, तुलसी दिवस, गीता केशरी, डा. ओमविर बस्न्यात, शेषराज शिवाकोटी, आनन्ददेव भट्ट, डा. तुलसी भट्टराई, मोहन दुवाल तथा भारती श्रेष्ठ  दैवज्ञराज न्यौपाने, भरतमणी जंगम, कृष्णप्रसाद पराजुली, घनश्याम राजकर्णिकार, डा. कृष्णप्रसाद (विराज)भट्टराईको दम्पती, मोदनाथ प्रश्रितको दम्पती, परशु प्रधानको दम्पती, मञ्जुल तथा सुस्मिता नेपाल, डा. खगेन्द्र प्रसाद लुइटेल तथा लीला लुईटेल, कपिल अज्ञात, डा. गणेशकुमार पौडेल, डा.रामप्रसाद ज्ञवाली तथा उषा पन्थी, अर्जुन पराजुली तथा उर्मिला घिमिरे (पराजुली), चन्दकला नेवा तथा डा.डिबि श्रेष्ठ, माया ठकुरी तथा इ.दामोदर शर्मा, एसपी आशाको दम्पती, हरिप्रसाद पाण्डकोे दम्पती, नरेन्द्रबहादुर श्रेष्ठ तथा निरु श्रेष्ठ, विष्णुबहादुर ठकुरी तथा पुष्पा सिंह, चन्द्रप्रसाद न्यौपानकोे दम्पती, मच्छेश्वर सापकोटा तथा सरस्वती सापकोटा, प्रा. डा सुरेशराज शर्माको दम्पती, ज्ञानकाजी मानन्धरको दम्पती, प्रा. डा गोविन्दराज भट्टराई तथा डा.अन्जना भट्टराई, छविरमण सिल्वाल तथा तुलसादेवी मैनाली, गंगा सुवेदी तथा दिनेश सुवेदी दम्पत्ति, सूर्यप्रसाद लाकोजूको दम्पती, स्नेह सायमी तथा लक्ष्मी माली, डा. सुमनराज ताम्राकार तथा चण्डेश्वरी, प्रा.डा अभि सुवेदी तथा विन्दु सुवेदी, रामसुन्दर देउजा तथा सावित्री देउजा, प्रा.डा जीवेन्द्रदेव गिरी तथा पार्वती गिरी, प्रभात सापकोटा तथा सरस्वती सापकोटा, प्रा.डा रामप्रसाद दाहाल तथा चन्दा कोइराला दाहाल र डा. अनन्तप्रसाद अधिकारी तथा नर्वदा खनाल अधिकारी दम्पती गरी ७८ जनालाई सम्मान गरि सकेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्