IMG-LOGO

बैंक ठग्ने ढुङ्गाना पक्राउ

 मंगल, भदौ १, २०७८  --

    काभ्रे, भुम्लु गाउँपालिका–१का भरत ढुंगानालाई युरोपमा  पक्राउ गरेर काठमाडौँ ल्याईएको छ । बैंकिङ कसुरमा इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेका अभियुक्त केदार ढुंगानालाई शनिबार नेपाल ल्याइएको हो । पोर्चुगल प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ४३ वर्षीय ढुंगानालाई नेपाल प्रहरीले समातेर ल्याएको पहिलो घट्ना हो । ढुंगानालाई पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो। ढुंगाना पहिल्लो समय संयुक्त अरब इमिरेट्स (युएई) हुँदै पोर्चुगलका लागि आवासीय भिसाको प्रक्रियामा थिए।केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं ल्याउना साथ ढुंगानालाई हिरासतमा लिइएको जानकारी दिएको छ ।

         देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ कर्जा हिनामिना प्रकरणमा उनीसहित १२ प्रतिवादी थिए। ढुंगाना समेतले कीर्ते कागजात बनाएर सवारी कर्जा हिनामिना गरेको कसुर छ । पोर्चुगलको राजधानी लिस्बोनमा लुकिछिपी बसेका ढुङ्गानालाई नेपाल प्रहरीको दुइमहिना त्यहा बसेर पक्रेर ल्याउन सफल भएको थियो । प्रहरीका अनुसार अहिले पनि यसरी लुकिछिपी बस्ने ३७ अपराधीको नाममा रेडकर्नर नोटिस जारी गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्