बनेपा, हिमकाली समाज सेवा बचत तथा ऋण सहकारी संस्था लि. पनौती–१० को २५ औं वार्षिक साधारण सभाबाट अनन्त सत्यालको अध्यक्षतामा नयाँ संचालक तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष कृष्णप्रसाद शर्मा, सचिव उत्तम आचार्य, कोषाध्यक्ष आरती थापा खड्का, संचालक सदस्यहरु मन्दिप रेग्मी ऋषिराम घिमिरे, शोभा श्रेष्ठ, गीता (काफ्ले) पन्त, रामप्रसाद हुमागाईलाई निर्विरोध निर्वाचित गरेको छ । लेखा सुपरीवेक्षण समितिको संयोजक सन्तोष व्याकुरेल, सदस्यहरु प्रमिला तिमल्सिना, सकुन्तला न्यौपाने निर्वाचित हुनुभएको छ । संस्थाका अध्यक्ष अर्जुनप्रसाद बजगाईको सभापतित्वमा सम्पन्न साधारण सभामा सचिव उत्तम आचार्यले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना, कोषाध्यक्ष कृष्णप्रसाद शर्माले आ.व. २०८२÷०८३ को लेखापरिक्षण तथा आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक मोहनप्रसाद सत्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ४ वटा इकाइ केन्द्र (सेवा कार्यालय) बाट सेवा प्रदान गरेको संस्थाले ७ जना कर्मचारीलाई रोजगारी प्रदान गरेको छ । १ करोड ४२ लाख ४६ हजार ३०० शेयर पूँजी रहेको संस्थाको जगेडा कोष तथा अन्य कोष १ करोड २३ लाख ९४ हजार ३ सय ६ रहेको छ । कर्जा नोक्सानी व्यवस्थामा ६७ लाख ५५ हजार ८ सय ७१ गरेको छ ।
१ करोड ३८ लाख ९१ हजार आम्दानी
१० करोड ३९ लाख ५८ हजार १ सय १ बचत निक्षेप संकलन गरेको छ । आ.व. २०८२÷०८३ मा ८ करोड ८४ लाख २७ हजार ४ सय २६ ऋण लगानीमा रहेको छ । ६ लाख १४ हजार ८ सय २१ चालु सम्पत्ती, ७७ लाख १९ हजार १ सय ११ स्थिीर सम्पती रहेको संस्थाले जनाएको छ । १ करोड ३८ लाख ९१ हजार एक आम्दानी गरी बचतको व्याज खर्च सहित १ करोड १३ लाख ५३ हजार ५ सय ९२ खर्च भएको छ । आ.व. २०८२÷०८३ मा ९ लाख ९५ हजार ३३ संस्थाले करमा योगदान गरेको छ ।
