प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले धुलिखेलमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा प्रेस चौतारी काभ्रेले गरेका कार्यको समिक्षा सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले वर्तमान कार्यसमितिले हालसम्म गरेका कार्यको जानकारी गराउनुभएको थियो । अक्षय कोष स्थापना, २ वर्षे रणनीतिक कार्य योजना निर्माण, अन्तर जिल्ला अवलोकन भ्रमण, सदस्यता सुद्धिकरण एवं सुदृढीकरण अभियान, बैंक खाता सञ्चालन, स्थापना दिवसमा न्यानो कपडा वितरण गरेको जनाउनुभयो ।
अक्षय कोषमा तीन लाख संकलन
कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा प्रमुख अतिथि रहेको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष एवं प्रेस चौतारी काभ्रेका सल्लाहकार विनोद कुमार न्यौपाने, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, भोजराज तिमल्सिना, प्रेस चौतारीका केन्द्रिय सदस्य नवराज बजगाँई, पुर्व अध्यक्ष सुरेश हुमागाँई, राजकुमार पराजुली, दयाराम महत, भुवन रायमाझी, वागमती प्रदेश सचिव जगत तामाङ, सामुदायिक रेडियो प्रशारक संघ काभ्रेका संयोजक रमेश न्यौपाने, सल्लाहकार मधुसुदन गुरागाँई, एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारीका सह–इन्चार्ज अरविन्द्र गौतम लगायत प्रेस चौतारीकर्मीको उपस्थिती रहेको थियो । उनीहरुले प्रेस चौतारी काभ्रले गरिरहेका कार्यको प्रशंसा गरेका छन् । अक्षय कोषमा तीन लाख भन्दा बेसी रकम संकलन भएको जनाइएको छ । सञ्चारकर्मी रमेशप्रसाद न्यौपानेले व्यक्तिगत ५ हजार ५ सय ५५, अक्षय कोषमा चेक रकम हस्तान्तरण गर्नुभयो ।
