देउवा सरकारले प्रदेश–२ का प्रदेश प्रमुख राजेश झालाई हटाएर महोत्तरी पिपराका हरिशंकर मिश्रलाई सिफारिस गरेको छ । झालाई ओली सरकारलाई नियुक्त गरेको थियो। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश प्रमुख फेर्ने निर्णय गरेको हो । मिश्र २०४८ सालमा प्रतिनिधि सभामा सांसद थिए । उनी कांग्रेसका केन्द्रीय सदस्यसमेत भइसकेका व्यक्ति हुन् । उनका बुबा रामनारायण मिश्र बीपी कोइराला नेतृत्वको २०१६ सालको मन्त्रिपरिषद्मा उद्योग वाणिज्यमन्त्री थिए । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ मा कु गरेपछि मिश्र बीपी कोइरालासँगै बन्दी बनाइएकाका थिए । कोइरालासँगै मिश्र पनि सुन्दरीजल जेलमा बसेका थिए ।
