पनौती / एकीकृत बचत तथा ऋण सहकारी संस्था लि.पनौती ७ को १८ औैं वार्षिक साधारणसभा ज्यालापाटि मार्ग स्थित पनौती बैन्क्यूटको सभाहलमा संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा ज्येष्ठ शेयर सदस्य कान्छा खत्री आतिथ्यतामा सम्पन्न गरेको छ । विविध कार्यक्रमका साथ साधारण सभाको महत्वपूर्ण निर्णयहरु पारित गरी सभा सम्पन्न भएकोछ ।संस्थाको विनियम एवं राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा संचालन सम्बन्धी मापदण्डकोअनुशरण गरीसभा संचालन गरिएको थियो ।
सभामा साकोसका संस्थापक अध्यक्ष तथा सल्लाहकार रहनुभएका नेपाल राष्ट्र बैकका उप निर्देशक लक्ष्मीनारायण ताम्राकारले वर्तमान वित्तिय क्षेत्रमा देखिएको चुनौतीमा शेयरसदस्यहरुको बचतलाई सुरक्षित गर्नु,वर्तमानको कठिन मापदण्ड पालन गर्दैसुशासनमा संस्था संचालन गर्नु, शेयर सदस्यहरुलाई उचित प्रतिफल प्रदान गर्नुसंचालक समिति र लेखा सुपरिवेक्षण समितिको महत्वपूर्ण भूमिका रहनेबताउनुभयो । कार्यक्रममासाकोसका संचालक सदस्य चन्द्रकला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो भने पूर्व संचालक लक्ष्मण मातंछेले शेयरसदस्यहरुमा स्वागत गीत प्रस्तुत गर्नु भएकोथियो ।
साकोसको आ.व २०८२÷८३ भित्र आर्थिक अनुसाशनमा कारोबार गर्ने शेयरसदस्यहरु मध्ये उत्कृष्ट नियमित बचतकर्ता दिव्या ताम्राकार र देवेन्द्ररिजाल, उत्कृष्ट दैनिक बचतकर्ता कलावती खत्री रप्रकास श्रेष्ठ, उत्कृष्ट साधारण बचतकर्ता राकुमार सापकोटा, असल ऋणी पुनकेशरी कुटुव र राजेन्द्रप्रसाद कोइरालालाई नगद, प्रमाणपत्र र न्यानो मफलर ओडाएर सम्मान साथ पुरस्कृत गरिएको थियो साथै ज्येष्ठ शेयरसदस्यहरुकान्छा खत्री, बद्रीबहादुर खत्री, कान्छी राई, हरिभक्त स्याउला, रामप्रसाद पराजुलीलाई दोसल्ला ओढाई, सम्मान पत्र, नगद, खाध्य सामाग्रीप्रदान गरी गरिएको सम्मान गरिएको थियो ।
संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बसन्तराज नेपालले आ.व. २०८२÷८३ का लेखा सुपरिवेक्षणको प्रतिवेदन र सुझावहरु प्रस्तुत गर्नु भयो । उपाध्यक्ष रविनभक्त स्याउलाबाट संस्थाको वित्तिय कारोबार सम्बन्धी प्रतिवेदन र आगामी वर्षको बार्षिकयोजना र बजेट प्रस्तुत गर्नुभएको थियो । सचिव सविना सापकोटालेको संस्था संचालनको बार्षिक गतिविधि समेतेर सचिबको प्रतिवेदन र भावी लक्षित कार्ययोजना संक्षिप्तमा प्रस्तुत गर्नुभएको थियो । संस्थाको प्रतिवेदन अनुसार संस्थामा आवद्ध शेयर सदस्य २८३४ जना रहेको, शेयरपूँजी रकम २ करोड ४३ लाख, संस्थागत पूँजी १ करोड ४८ लाख, सदस्यहरुको बचत संकलन २२ करोड ६१ लाख र सदस्यहरुमा ऋण लगानी १८ करोड ७६ लाख रहेको जानकारी प्राप्त भयो । साधारण सभामा ७० प्रतिशत भन्दा बढी सदस्यको उपस्थिति रहेको जानकारी दिनुका साथै आवद्ध शेयरसदस्यहरुलाई संस्थाले आर्जन गरेको मुनाफाबाट ७ प्रतिशत शेयर लाभांश र संरक्षित पुँजी फिर्ताकोषबाट बचततर्फ २.१४ प्रतिशत र ऋणतर्फ १.९० प्रतिशतले रकम वितरण गरिने व्यवस्थापक सविनसुन्दर सैजूले बताउनु भयो ।
साधारण सभामा अतिथिको रुपमा संस्थाका सल्लाहकारहरु राजकुमार तिमल्सिना, दिपक शर्मा, बालकृष्ण प्रजापति, कानुनी सल्लाहकार सुरेशकुमार ताम्राकार, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष चण्डेश्वरी मुनाकर्मीको सभापतित्वमा सम्पन्न १८ औं साधारण सभामा सचिब सविना सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
