प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र पढेर सुनाएका थिए ।सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँत्याएपछि गत साउने ३ गतेबाट अधिवेशन सुरू भएको थियो ।
प्रतिनिधिसभाको चालू अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता भएन भने राष्ट्रिय सभामा उत्पत्ति भै पारित भएर आएका ७ वटा विधेयकहरु सम्बन्धी उक्त सभाको सन्देशको जानकारी सभामा गराइएको थियो ।
