आदर्श बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले १८ औ वार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थको प्रमुख श्रोत व्यक्तित्वमा तथा संस्थाका अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सम्पनन भएको छ । प्रमुख व्यक्तित्व कायस्थले सहकारीको विनियम नीति, विधि र कार्यविधिको अधिनमा रही कारोबार गनू पर्नेमा केहि सहकारीको राख्नुपर्ने गलत प्रविधिको कारण सहकारीहरु बदनाम भएको जनाउनुभयो । सदस्यहरुले आर्थिक विकास र समृद्धिका लागि भएकाले सोहि अनुरुप आदर्श साकोसले गरेको औंल्याउनुभयो ।
सभामा सस्थाका अध्यक्ष उमेश मानन्धरले सदस्य स्वयं सहकारीको मालिक भएकाले संस्थाको आर्थिक गतिविधिमा सिझबुझ राख्नु पर्ने जनाउनुभयो । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिबेदन सचिब निरञ्जन मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष विकास मानन्धरले आय व्यय लेखा प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक प्रमिश जोशीले सभामा प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कुल कारोबार १६ करोड ९३ लाख ८७ हजार, शेयर पूजीं १ करोड ७० लाख ९६ हजार, बचत संकलन १४ करोड १७ लाख ३३ हजार, कर्जा लगानी ११ करोड २२ लाख ३९ हजार, जगेडा कोष ५१ लाख ६ हजार रहेको जनाएको छ । सभामा सस्थमा उत्कृष्ट कारोबार गर्ने बचत कर्ता, ऋणी, शेयर सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । उक्त साधारण सभाले विकास मानन्धरलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा रिकेश श्रेष्ठ सचिब बुद्धरत्न मानन्धर, कोषाध्यक्ष निरञ्जन मानन्धर सदस्यहरुमा सुधामा राजबाहक, सरिता मानन्धर, रामप्रसाद मानन्धर, शिबराम घिमिरे र सुजिता पोटे रहेका छन् । त्यसै गरी लेखा सुपरिबेक्षण समितिको संयोजक बसन्त श्रेष्ठ र सदस्यहरु रजना मानन्धर, सुदिक्षा मानन्धर रहनुभएको छ ।
