‘एकका लागि सबै सबैका लागि एक’ भन्ने मुल नाराका साथ बनेपामा संचालित एकता बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष स्वयमकाजी पोटेको सभापतित्वमा सम्पन्न भयो । उपाध्यक्ष यसोढा पोटेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कोषाध्यक्ष विष्णुओम पोटेले आ.व. २०८२÷०८३ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक चिनीकाजी श्रेष्ठले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाकी प्रबन्धक शर्मिला प्रधानले सहकारी संस्थाले नीति विधि प्रविधिको उपयोग गरी संस्था शेयर सदस्यहरुको उद्यमसिलताको बिकास, सदस्यहरुको आर्थिक उपार्जनमा सारथीको भूमिका खेलेको जनाउनुभयो । ३ हजार १ सय ७ शेयर सदस्यबाट २ करोड १ लाख ६१ हजार २ सय शेयर रकम संकलन भएको जनाएको छ । १६ करोड ९१ लाख ४२ हजार ६ सय ११ ऋण लगानी, २ करोड ६५ लाख ६० हजार ६ सय ३३ आम्दानी गरेको छ । ३५ लाख ५५ हजार ५ सय ९० खर्च भएको छ । साधारण जगेडा कोष ४२ लाख ८९ हजार ४ सय ४१ रहेको छ ।
