बनेपा । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लिको ३३ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित संचालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थाको असोज १६ देखी १८ गतेसम्म भएको ३३औं वार्षिक साधारण सभाले अध्यक्षमा शान्तकुमार श्रेष्ठ, उपाध्यक्ष केशव थापा, सचिव भिमबहादुर खत्री, कोषाध्यक्ष गणेशप्रसाद पराजुली, सदस्यहरुमा लोकदर्शन कर्माचार्य, बुद्धिमाया लामा, सुनिता धिताल पौडेल, उषा खडका बस्नेत र रामशरण श्रेष्ठ रहनु भएको संचालक समिति तथा रामकुमार श्रेष्ठको संयोजकत्वमा विदुर थापा र सिद्धिलक्ष्मी पोते रहेको लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन उप समितिका संयोजक अधिवक्ता नवराज बडालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा सल्लाहकारद्वय प्रदिप थापा, भिमसेनप्रसाद सापकोटा, निर्वाचन उप समितिका संयोजक अधिवक्ता नवराज बडाल र प्रमुख कार्यकारी अधिकृत केवि लामा स्याङ्तानले नव निर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले संचालन गर्नु भएको सपथ ग्रहण कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रिय उप समितिका पदाधिकारीहरु, सेवा कार्यालय व्यबस्थापन उप समितिका पदाधिकारीहरु र उच्च व्यबस्थापनको उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको निर्वाचन कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै निर्वाचन उप समितिका संयोजक अधिवक्ता बडाल, सदस्यहरु दिनेश शिवाकोटी, अक्षयकुमार दनुवार, नकुल गिरी र सरिता सापकोटालाई कदरपत्र प्रदान गरिएको थियो ।
बिन्धबासिनी सहकारी संस्थाले बुधबारै इकाई साधारण सभाबाट छनौट भएका ३१ जना प्रतिनिधिहरुको सहभागितामा अन्तिम निर्णय प्रमाणिकरण सभा आयोजना गरी साधारण सभा सम्पन्न गरेको थियो । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार तथा निर्वतमान अध्यक्ष प्रदिप थापाले उदघाटन गर्नु भएको थियो । संचालक सदस्य केशव थापाले संचालन गर्नु भएको निर्णय प्रमाणीकरण सभामा छनौट भएका प्रतिनिधि, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रिय उप समितिका पदाधिकारीहरु, सेवा कार्यालय व्यबस्थापन उप समितिका संयोजक र उच्च व्यबस्थापनको उपस्थिती रहेको थियो ।
