नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल काभ्रे जिल्लाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार दोलालघाटमा सम्पन्न भएको छ । “सेवा नै धर्म हो, स्वास्थ नै ठुलो धन हो“ भन्ने उद्देश्यका साथ गरिएको स्वास्थ्य शिविरमा १ सय ६५ जना व्यक्तिहरुले स्वास्थ्य चेकजाँच गराई परामर्श लिएका थिए भने निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो । संस्थाको ४ कार्यक्षेत्र मध्येको एक “सामाजिक-न्यायीक“ कार्यक्षेत्र अन्तर्गत काभ्रेपलान्चोक जिल्ला इकाइले कोरोना माहामारिको कारण औषधोपचारको पहुँच बाहिर हुनु परेको बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल मेडिकल स्टुडेन्ट एशोसियसन कुम्स ९ ल्ःक्ब् प्ग्क्ःक् ० सँगको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको संस्थाका केन्द्रीय कार्यक्रम संयोजक विनोद खत्रिले जानकारी दिनुभयो ।
युवा, महिला, बालबालिकाको समग्र विकासका लागि क्रियाशिल रहेको नयाँ युवा नयाँ सोच सेवा समाज नेपाल संस्थाले विदेशी निकायबाट सहयोग नलिई, नेपाल सरकारकै आर्थिक सहयोग/समन्वयमा कार्यक्रमहरु सञ्चालन गरिरहेको केन्द्रीय अध्यक्ष मुकुन्द दिप मँडेले बताउनुभयो । संसदिय बहस प्रतियोगिता जस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले स्वास्थ्य शिविरबाट केहि राहत प्रदान गरेको काभ्रे जिल्ला इकाईका अध्यक्ष दिपक खत्रीले उल्लेख गर्नुभयो । सम्पूणर् उमेरका व्यक्तिहरुको हाडजोर्नी, आँखा, नाक, कान, सुगर, प्रेसर लगायत स्वास्थ्य समस्याहरुको चेकजाँच गरिएको कार्यक्रममा भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, ल्ःक्ब् प्ग्क्ःक् का अध्यक्ष प्रभाकर तिमल्सिना, भुम्लु गाउपालिका वडा नं ८ का अध्यक्ष मोतिलाल तामाङ्ग, कार्यपालिका सदस्य उर्मिला बराईली, दोलालघाट उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश कुमार कक्षपति लगायत समाजसेवी, सञ्चारकर्मी, शिक्षक, अभिभावक एवं स्थानीयको सहभागिता रहेको थियो ।
दुलालेश्वर बचत तथा ऋण सहकारीसंस्थालि. को सह-आयोजनामा सम्पन्न भएको स्वास्थ्य शिविरमा निष्ट स्कुल बनेपा, ल्हासो दोलालघाट ट्रेडिङ एण्ड सप्लायर्स, पाँचखाल पोलिक्लिनिक एण्ड डाईग्नोष्टिक सेन्टरको सहयोग, मिडिया पार्टनर काभ्रे टाइम्स साप्ताहिक रहेको थियो ।
