IMG-LOGO

डाक्टर अम्बु भवानी कार्की त्रिविविको प्राज्ञिक परिषदमा मनोनित

 मंगल, असोज १३, २०८३  -

    तेजगंगा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख एवं शिक्षा सेवी डाक्टर अम्बु भवानी कार्की त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषदमा मनोनित हुनुभएको छ । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय कार्कीलाई उहाँको शैक्षिक योगदान र अनुभवका आधारमा प्राज्ञिक परिषदमा मनोनित गरिएको हो ।
    डाक्टर कार्कीले विगत तीन दशकदेखि निरन्तर रूपमा शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको छ । उहाँले शिक्षण, शैक्षिक व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा आफ्नो ज्ञान, प्रतिभा र सिर्जनशीलतालाई उपयोग गर्दै विभिन्न भूमिकामा योगदान दिँदै आउनुभएको छ । तेजगंगा बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा उहाँले क्याम्पसको शैक्षिक विकास र संस्थागत विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । काभ्रे टाइम्स साप्ताहिक र रेडियो एबिसी ८९.८ मेगाहर्ज परिवार उहाँको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्