राष्ट्रियता, लोकतन्त्र र समाजवाद मुल उद्देश्य बोकेको नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशन प्रक्रिया अन्तर्गत गत असोज ३ र ४ गते काभ्रे जिल्लाको पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । जिल्लाको १३ पालिकाको १ सय ३५ वटै वडामा अधिवेशन सम्पन्न गरी सर्वसम्वत नेतृत्व सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । १३ पालिका मध्येमा भुम्लु गाउँपालिकामा भने पालिका सभापतिमा मञ्जुु शाह ठकुरी नेतृत्वमा चयन हुनुभएको छ । पालिकाहरुमा उहाँ पहिलो महिला नेतृत्वमा पुग्नुभएको हो । लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेको कांग्रेस पार्टी शेरबहादुर देउवा कांग्रेस र गगन थापा कांग्रेस दुवैको जुंगाको लडाइको कारण सच्चा र इमान्दार कांग्रेसीहरु भने विलखबन्धनमा परेको चर्चापनि त्यतिकै चुलिएको छ ।
नेपाली कांग्रेस काभ्रेको कुन पालिकामा को सभापति ?
- नगरपालिका सभापतिहरुः
१. बनेपा नगर सभापतिः राम जोशी
२. धुलिखेल नगर सभापतिः विदुर बहादुर बस्नेत
३. पनौती नगर सभापतिः रुपक महत
४. नमोबुद्ध नगर सभापतिः कृष्ण लामा
५. पाँचखाल नगर सभापतिः सञ्जय तामाङ
६. मण्डनदेउपुर नगर सभापतिः रामहरी सापकोटा
– गाउँपालिका सभापतिहरुः
१. भुम्लु गाउँपालिका सभापतिः मञ्जु शाह ठकुरि
२. चौरिदेउरालि गाउँपालिका सभापतिः राजेश गौतम
३. तेमाल गाउँपालिका सभापतिः बिकुलाल तामाङ
४. रोशी गाउँपालिका सभापतिः दिल दोर्जे लामा
५. महाभारत गाउँपालिका सभापतिः सागर मोक्तान
६. बेथानचोक गाउँपालिका सभापतिः डिगमान लामा
७. खानिखोला गाउँपालिका सभापतिः क्षेत्रबहादुर वाईबा
नेपाली कांग्रेसको विशेष महाधिवेशनको वैद्यता निर्वाचन आयोगले टुङ्गएको भएपनि देउवा पक्षले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापालाई नमान्दा विवादकै कारण सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । गगन कांग्रेस र देउवा कांग्रेसको दुईधार सतहमा मैदानमा उत्रेको छ । दुवै पक्षले महाधिवेशन छुट्टाछुट्टै गर्न कार्य तालिका सार्वजनिक गरेको छ । गगन कांग्रेसले वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरिसक्यो । केन्द्रीय महाधिवेशन असोज १६ देखि असोज १९ गते काठमाण्डौं खुल्ला मन्चमा गर्ने भएको छ ।
देउवा पक्षको महाधिवेशन कार्यतालिका सर्वाजनिक
देउवा कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छः वडा अधिवेशन असोज १५ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कार्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते तय गरेको छ । केन्द्रमा दुई धार भए जस्तै काभ्रे जिल्लामा पनि गगन पक्ष कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, जिल्ला सभापति तिर्थ लामा लगायत छन् भने देउवा पक्षमा शिवप्रसाद हुमागाई लगायतका छन् । देउवा पक्षका काभ्रे कांग्रेसले गगन पक्षको अधिवेशन जिल्ला, वडा, पालिका र क्षेत्रको अधिवेशन रोक्न खोजेपनि असफल भएको गगन कांग्रेसले जनाएको छ । दुवैबीचको विवाद सर्वोच्च अदालतको फैसलाले कसलाई संस्थापन पक्षको वैद्यता दिन्छ त्यो भने हेर्न बाँकी छ ।
