IMG-LOGO

श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘विदेशमा देश’ लोकार्पित

 मंगल, असोज १३, २०८३  -

    काठमाडौँ । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको नविनतम् नियात्रासंग्रह ‘विदेशमा देश’ को लोकार्पण भएको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा घनश्याम राजकर्णिकार, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रमोद प्रधान, छविरमण सिलवाल, केशव पराजुली, ‘रोदन’ दम्पति लगायतले उक्त कृति लोकार्पण गरे । दर्जन भन्दाबेसी मौलिक कृति र डेढ दर्जन जति कृति सम्पादन गरिसकेका रोदनका प्राय नियात्रा आफुले पढेको बताउँदै घनश्याम राजकर्णिकारले भने, ‘रोदन’ का कृतिहरु तथ्यको सन्निकट भएको पाएको छु । उनका नियात्राहरु विवरणात्मक मात्र हुँदैनन्, निजात्मक पनि हुन्छन् । अझै उनको निरन्तर भाषा साहित्यको सेवा गर्ने कुरा अनुकरणीय छ । 
    कृतिमाथि चर्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले भने, श्रीओम नढाँटी लेख्ने इमान्दार लेखक हुन् । नियात्राहरु अरुको भन्दा पृथक पनि लाग्छन् । देखेको कुरा जसले नि लेख्छ तर फरक ढङ्गले लेख्नुपर्छ, उनको लेखनीमा यहि फरकपना छ ।  कृतिमा विदेशका विभिन्न सन्दर्भहरु र परिवेशहरु आएको बताउँदै उनले अगाडि भने, तथ्यहरु भएको नियात्रामा पाठकले विभिन्न विषयहरुसँग स्वदेशलाई तुलना गर्न सक्छन् । 
    प्रा.डा. लक्ष्मणप्रसाद गौतमले रोदनमा भएको सिर्जनशील उर्वरताको प्रशङ्सा गरे । प्रा.डा. गौतमले रोदनका रचनाहरु स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरुमा पढाई हुने गरेको पनि बताए । उनले साहित्यिक क्षेत्रमा देखिएको पुरस्कार लेनदेनको विषयलाई विकृतिको रुपमा औँल्याए । रोदनकी धर्मपत्नी ललिता श्रेष्ठले १३ औँ कृति प्रकाशन भएकोमा खुशी बाँड्दै पुराना दिनहरु स्मरण गरिन । उनले रोदनसँगका विभिन्न अनुभूतिहरु साझा गरिन । भुँडीपुराण प्रकाशनका केशव पराजुलीले अग्रज साहित्यकारको कृति प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै कृतिको निम्ति रोदनलाई बधाई दिए । 
    सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रम छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो । शुभद्रा अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण सचिव प्रदीप सापकोटाले गरे । ‘रोदन’का नर्विसने दिनहरु र समुन्द्रवारि, समुन्द्रपारि दुई नियात्राकृति सहित विभिन्न विधाका तेह्रवटा कृतिहरु प्रकाशित छन् । विदेशमा देशलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्