IMG-LOGO

मोडेल साकोसको २ करोड ४ लाख आम्दानी

 मंगल, असोज १३, २०८३  -

    बनेपा । मोडेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको १९औँ वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रम मंगलबार बनेपामा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष ओमकृष्ण प्रधानले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सचिव रामशरण बजगाईंले संस्थाको वार्षिक प्रगति तथा गतिविधिसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष गोविन्द दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक कृष्ण सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक सदस्य मथुरा बाँस्कोटा मैनालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखापरीक्षक राजमणि पोखरेलले संस्थाको वित्तीय अवस्था, पारदर्शिता तथा आगामी दिनमा सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।
    संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट दैनिक बचतकर्ताको रूपमा राजकमल शाक्य, उत्कृष्ट कर्मचारी तथा कार्यालय सहयोगीका रूपमा सुमित्रा थापामगर, बाल बचततर्फ संकल्प तिमल्सिना, नियमित बचतकर्तातर्फ रमलादेवी गिरी तथा उत्कृष्ट ऋणीका रूपमा अश्मिता गोले र ज्ञानु श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक सदस्य लक्ष्मी श्रेष्ठले आफ्नो अल ब्युटी पार्लरको तर्फबाट १० जना शेयर सदस्यका लागि कस्मेटिक सामग्री उपहारको व्यवस्था गर्नुभएको थियो । साथै संस्थाको तर्फबाट ४ थान इलेक्ट्रिक जग, २ थान भित्ते घडी तथा ५०० रुपैयाँका मोबाइल रिचार्ज कार्डसमेत गोला प्रथाद्वारा उपलब्ध गराइएको थियो । 
    संस्थामा कुल शेयर सदस्य संख्या २ हजार ९ सय ६८ जना रहेका छन् । शेयर पुँजी रु. २ करोड ९ लाख २५ हजार ३ सय, बचत रु.२५ करोड ९१ लाख ६४ हजार १ सय, ऋण लगानी रु. १८ करोड ६४ लाख ६० हजार ७ सय, आम्दानी रु.३ करोड ३ लाख ६६ हजार २ सय रहेको हिसाब विवरण आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्