IMG-LOGO

उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई पासा पुचः सिरपा प्रदान

 मंगल, असोज ६, २०८३  -

    बनेपा पासा पुचः काभ्रेको ३६ औं साधारण सभा तथा शिरपा वितरण समारोह बिहीबार सम्पन्न भयो । आपसी मित्रता र सद्भावद्वारा समाजको उत्थान गरौँ भन्ने उद्देश्यका साथ २०४८ सालमा स्थापना भएको संस्थाले समाजमा जागरण अभियान, सचेतनामूलक कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर कार्यक्रम गर्दै आएको कुरा संस्थाको अध्यक्ष बिक्रम प्रजापतिले बताउनुभयो । 
    आजाद माबि बनेपाका प्रधानाध्यापक रत्नमान कायस्थको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक रेडियो प्रशासक संघ काभ्रेका संयोजक एवं एबीसीका अध्यक्ष रमेश प्रसाद न्यौपाने, चण्डेश्वरी सृष्टिकान्त माबि बनेपा–४ नालाका प्रधानाध्यापक कृष्णगोपाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाकी प्रतिनिधि सरिता श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा संस्थाको गतिविधिहरूको बारेमा संस्थाका शन्तना मुस्याजुले प्रकाश पार्नुभएको थियो । 
    उक्त समारोहमा बनेपा नगरपालिका अवस्थित संस्थागत एवं सामुदायिक विद्यालयमा एसईई २०८२ मा उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रा र विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । चण्डेश्वरी सृष्टिकान्त मावि नाला, सिद्धार्थ स्कूल बनेपा, बिद्यासागर सेकेण्डरी स्कूल र नेपाल पुलिस स्कूल साँगालाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी नारायण श्रेष्ठले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्