IMG-LOGO

सचेतीकरण कार्यशाला सम्पन्न

 मंगल, सावन २६, २०७८  ----

 

     बनेपा / राष्ट्रिय तहमा योगदान र राष्ट्रिय जलबायु परिबर्तन नीति बिषयक एक दिने कार्यशाला सोमबार बनेपा नगरपालिका सभा कक्षमा सम्पन्न भयो  ।  महिला जागरण समुह नाला बनेपा ४ को आयोजना र प्रकृति रिसोर्स सेन्टर काठमाडौँको सहयोगमा भएको कार्यशालाको  संचालन निर्मला श्रेष्ठ र बनेपा नगरपालिका उप-प्रमुख रेखा दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।  कार्यशालामा बनेपा नगर भित्रका ९ वटा गैह्र सरकारी सस्थाले भाग  लिएका थिए । कार्यशालामा  प्रकृति रिसोर्स सेन्टर काठमाडौँ प्रज्ञा शेरचन र प्रविनमान सिहले जलवायु परिबर्तन र त्यसका असर बारेमा प्रष्टाउनु भएको थियो।   कार्यक्रममा बनेपा नगरपालिका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती , एनजीओ शाखा हेर्ने चिरन्जीवी अर्याल र सहभागी सस्थाका प्रतिनिधिहरु बीच अन्तरक्रिया भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्