एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ४३ बनेपाको आयोजनामा संबिधान दिवस तथा विश्व शान्ति दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम बनेपा–८ लोकेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ । समूह संयोजक बुद्धरत्न मानन्धरको सभापतित्वमा, पूर्व संयोजक सल्लाहकार राजन भालु कार्यक्रम संयोजक, पूर्व केन्द्रिय संयोजक एवं समूह ४३ का संस्थापक संयोजक राजु सरकार, पूर्व संयोजक सल्लाहकारहरु उत्तम मानन्धर, सिद्धिगोपाल मानन्धर, हरिश्चन्द्र मानन्धर, प्रमुख सल्लाहकार विश्वमाया श्रेष्ठ, कार्यक्रम सञ्चालन उप–संयोजक देवीप्रसाद गौतम लगायत समूहका कार्य समिति परिवार र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान दिवस मनाइनुका साथै विश्व शान्तिको कामना समेत गरिएको संस्थाले जनाएको छ ।
