IMG-LOGO

बैदारद्वारा लिखित प्राचीत भारतमा, परिवार, वर्ण र राज्यको उत्पति लोकार्पण

 मंगल, असोज ६, २०८३  -

    काभ्रे बहुमुखी क्याम्पसका प्रमुख के.जी. वैदारले लेख्नुभएको ‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ पुस्तक बिहीबार लोकार्पण गरिएको छ । बागमती प्रदेशका पूर्वमन्त्री कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्यता एवं काभ्रे क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायष्थको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । काभ्रे क्याम्पसका उपप्राध्यापक हरिकृष्ण बखुन्छेंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा डा. माधवप्रसाद तिमल्सिनाले पुस्तकको समिक्षा गर्नुभयो । कार्यक्रममा बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य ,वरिष्ठ साहित्यकार मोहन दुवाल,बरिष्ठ मुटुरोग विषेशज्ञ डा. ओममूर्ती अनिल,समाजसेवि रामराजा धौबडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । काभ्रे क्याम्पसकि प्राध्यापक कृष्णप्यारी नकर्मीले संचालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेविहरुको उपस्थिती रहेको थियोे । ‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ पुस्तकमा १२ वटा लेख समावेश छन्, जसमध्ये अधिकांश पूर्वीय दर्शन तथा प्राचीन समाजसँग सम्बन्धित विषयमा आधारित रहेको बताइएको छ । पुस्तकले इतिहास, दर्शन, समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रका अध्येता तथा अनुसन्धानकर्तालाई प्राचीन भारतीय समाज र राज्य व्यवस्थाको विकासबारे थप अध्ययनका लागि आधार प्रदान गर्ने विश्वास गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्