IMG-LOGO

आँखाको ज्योति फर्काउने अभियानमा सहकारी संघ

 मंगल, असोज ६, २०८३  -

    काभ्रे । आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई लक्षित गर्दै जिल्ला सहकारी संघ लि., काभ्रेले स्वास्थ्य सेवाको क्षेत्रमा सामाजिक पहल अघि बढाएको छ । संघ र रेयुकाई एईको मासुनागा आँखा अस्पतालबीच भएको मोतीबिन्दुको निःशुल्क उपचारसम्बन्धी द्विपक्षीय सम्झौताको कार्यान्वयन गर्दै चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
    २०८३ असोज ३ गते शनिबार सम्पन्न शिविर जिल्ला सहकारी संघ लि., काभ्रेको आयोजना, शैलुङेश्वरी साकोसको सह–आयोजना तथा रेयुकाई एईको मासुंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। शिविरमा १३० जनाभन्दा बढी नागरिकले आँखा परीक्षण गराएका थिए ।
    शिविरमा सहभागीहरूको आँखा परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श र उपचारसम्बन्धी जानकारी प्रदान गरिएको थियो । परीक्षणका क्रममा मोतीबिन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामीहरू पहिचान भएका छन् । पहिचान भएका ती बिरामीहरूको उपचार तथा मोतीबिन्दुको शल्यक्रिया रेयुकाई एईको मासुनागा आँखा अस्पतालले निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।
    ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले गरिएको यो पहलले उपचारको आवश्यकता भएका नागरिकलाई समयमै स्वास्थ्य संस्थासम्म जोड्ने अपेक्षा गरिएको छ । यसअघि पनि काभ्रेमा विभिन्न संस्थाको सहकार्यमा निःशुल्क आँखा शिविरमार्फत मोतीबिन्दुको शल्यक्रिया गरिएको उदाहरण रहेको छ ।
    जिल्ला सहकारी संघ लि., काभ्रेले सहकारी क्षेत्रको संस्थागत विकाससँगै समुदायप्रतिको सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरेको जनाएको छ । सहकारी संस्था र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट सञ्चालन गरिएको यस कार्यक्रमले सहकारीको सामाजिक भूमिकालाई समुदायस्तरसम्म पु¥याउने प्रयासका रूपमा समेत अर्थ राखेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्