IMG-LOGO

रोटरी क्लबको 'गो ग्रिन’ अभियान

 मंगल, सावन १९, २०७८  ----

     भर्खरै स्थिापित रोटरी क्लब अफ काभ्रे भ्याली र रोटरी सामुदायिक संघ (आर सि सि) राईनोको संयुक्त आयोजनामा र जिल्ला वन डिभिजन कार्यालय, रोटरी क्लव अफ धुलिखेल, रोटर्‍याक्ट क्लब अफ बनेपा, रोटर्‍याक्ट क्लब अफ काठमाडौँ विश्वविद्यालय र रोटर्‍याक्ट क्लब अफ काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुलको संयुक्क्त सहयोगमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

     रोटरी क्लब अफ काभ्रे भ्यालीको महत्वपुणर् परियोजना वन तथा वातावरण संरक्षण अन्र्तगत ‘गो ग्रिन’ भन्ने अभियानका साथ रवि ओपिको राजन कोइराला स्मृती पार्क परिसर र छापाखोल्सा देखी देउराली सम्म सडकको बायाँ तिर रिठ्ठा, धुपी, तेजपत्ता, र मसला लगायतका ३०० विरुवाहरु बृक्षारोपण गरिएको थियो ।

     कार्यक्रममा द राईनो युथ क्लबका अध्यक्ष मनिष दुंगानाको सभापतित्वमा प्रमुख अतिथिका रुपमा दुग्ध विकास बोर्ड बाग्मती प्रदेशका कार्यकारी उपाध्यक्ष टिका बल्लब सापकोटालाई रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अनुप कुमार श्रेष्ठज्युद्धारा मायाको चिनो हस्तान्तरण गरि वृक्षारोपणको कार्य आरम्भ भएको थियो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा वडा नं २ का अध्यक्ष देव प्रसाद कोइराला, र अतिथिका रुपमा ने.क.पा एमाले वडा संयोजक अर्जुन न्यौपाने र नेपाली कांग्रेसका वडा सभापति बलराम कोईराला, रोटरी क्लव अफ धुलिखेलका अशोक श्रेष्ठ र मनिष योगल, रोटरी क्लब अफ काभ्रे भ्यालीका रिकेश कायष्थ, संगिता मान्धर, कृष्ण सिकु श्रेष्ठ, डा. अभिषेक सुमन र रबिन ओझा तथा अन्य रोट्र्‍याक्ट क्लब तथा आर सी सी लगायतको सहभागिता रहेको थियो ।

     यस अधि काठमाडौं विश्वद्यिालयको चौकोट स्थित मेडिकल साईन्स तथा नव निर्मित काठमाडांै विश्वविद्यालयको फोक्सो अनुसन्धान केन्द्र परिसरमा ५०० वटा, गोसाईस्थान सामुदायिक वनमा ७०० वटा र पनौति स्थित अनेकोट सामुदायिक वनमा ३०० वाट गरि जम्मा १८०० वटा वृक्षारोपण गरिएको छ । रोटरी क्लवले वातावरण संरक्षणका लागि निरन्तर बृक्षारोपण तथा वातावरण मैत्री परियोजनाहरु स्थिानिय समुदाय संग मिलेर निरन्तर कार्य गर्ने जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्