बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिको वार्षिक कार्ययोजना अनुरुप कुशे औँसिको अवसरमा संस्थामा आबद्ध ७५ वर्ष भन्दा माथिका जेष्ठ पिता सदस्यहरुलाई सम्मान गरेको छ । काभ्रेपालाञ्चोक जिल्ला बचत सघंका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा तथा सस्थाका अध्यक्ष नविनभक्त बादेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले प्रत्येक वर्ष कुशेऔशिका दिनमा पिता र मातार्थि औशीका दिनमा माताहरुलाई सम्मान गर्दे आएको अध्यक्ष नविन भक्त बादेले जनाउनु भयो । जेष्ठ सदस्यहरुलाई तिर्थाटान, घरमै निशुल्को स्वास्थय परिक्षण गराउदै आएको र आगामी दिनमा समेत उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
सस्थाले रक्तदान, स्वास्थ्य शिबिर, विभिन्न सामाजिक कामहरु समेत गर्दे आएको अध्यक्ष वादेले बताउनुभयो । प्रमुख अतिथी उदयराम कायस्थले बा – आमा हाम्रा जिउँदा देवता भएकाले नबोल्ने ढुङ्गाको मुर्तिलाई भन्दा बोल्ने घरका बा आमालाई सम्मान गर्नु पर्ने बताउनुभयो । चण्डेश्वरी साकोसले विगतका वर्षहरुदेखी उक्त सम्मान कार्यक्रम गर्दै आएकाले यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । राम्रा कामहरुको सबै सहकारीहरुले समेत अनुसरण गर्नु पर्ने कायस्थको भनाई रहेको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक रामप्रसाद श्रेष्ठ, प्रमुख सल्लाहकार विकास बादे, सल्लाहकार बाल भक्त प्रधान, सल्लाहकार ईन्द्र नारायण भैल, सल्लाहकार हेमन्त राज प्रधान, कार्यक्रम संयोजक मनोहरी पोटे प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबन्जार, काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपाने, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, संस्थाका सञ्चालक, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा १२२ जना जेष्ठ सदस्य (पिता) हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन नबिना श्रेष्ठले गर्नुभएको थियो ।
