IMG-LOGO

स्ट्रेलिङ्ग आयल नाइजेरियाले पचास हजार डलर (छहत्तर लाख नेपाली रुपैयाँ) नेपालका बाढीपीडितलाई सहयोग घोषणा

 मंगल, भदौ ३०, २०८३  -

                नाइजेरियाको स्ट्रेलिङ्ग आयल कम्पनीबाट अमेरिकी डलर ५०,००० (लगभग ७६ लाख नेरु) नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ । अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल, खनिज र मेटल क्षेत्रमा कार्यरत उक्त कम्पनीले आफ्नो कल्याणकारी शाखा ‘भि–केयर फर डेभलपमेन्ट फाउन्डेसन’ बाट पचासहजार डलर घोषणा गरेर थप ब्याक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगको लागि आन्तरिक आह्वान समेत गरेको छ । कर्मचारीहरु बाट प्राप्त  ऐच्छिक सहयोग समेत  उक्त रकमा थपेर सबै  सहयोग राशी यसै शुक्रवार भित्र नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

                उक्त सहयोगका निम्ति कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहित बरोर, व्यवस्थापन र सबै कर्मचारी प्रति हार्दिक आभार ब्यक्त गर्दछौ । सो सहयोगका लागि प्रस्ताव र पहल गर्नु हुने त्यहाँ कार्यरत नेपाली अधिकारी दिलिप  आचार्यलाई विशेष धन्यबाद छ १ जसको सतप्रयासले यो सहयोग संभव भयो ।

                      Sterling Oil Exploration & Energy Production Company Limited (SEEPCO) नाइजेरियाको बिनयकमा मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो । सन् २००५ मा स्थापना भएको यस कम्पनीले नाइजेरियाको upstream oil & gas क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ । SEEPCO ले OML 143 क्षेत्रमा Okwuibome (OKW) Blend कच्चा तेल उत्पादन गर्दै आएको छ र ऊर्जा क्षेत्रमा प्रविधि, दिगोपन तथा स्थानीय समुदायको विकासलाई समेत प्राथमिकता दिँदै आएको छ । स्ट्रेलिङ्ग आयललाई अफ्रिकाका सम्पूर्ण नेपालीहरुका तर्फबाट हाम्रो मातृभूमिको यो अप्ठ्यारोमा सहयोग पु¥याएकोमा एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले हार्दिक आभार  व्यक्त गरेका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्