IMG-LOGO

एक्सप्रेस साकोसमा पूनः इश्वरको नेतृत्व

 मंगल, भदौ ३०, २०८३  -

    एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले भाद्र २३ गते संस्थाको कार्यालय भवनमा अठारौ बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी वर्ग र सदस्यहरुको उत्साहजनक सहभागितामा संस्थाका सचिव प्रमेश कुमार वैद्यद्वारा संचालित कार्यक्रम सौहार्द वातावरणमा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गर्दै संस्थाले आफ्नो १८ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको थियो । 
    यस वर्ष एकिकरण पश्चातको साधारणसभा भएको कारण निर्वाचन समेत भएको हुँदा अधिवक्ता तथा निर्वाचन समितीका संयोजक कमलप्रसाद तिमल्सिना रहनुभएको थियो । ईश्वर के.सी.को अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । उपाध्यक्षः शर्मिला तिमल्सिना, सविचः इन्द्र कुमार थापा, कोषाध्यक्षः प्रेम कुमार लामा र सदस्यहरुमा क्रमश प्रमेश कुमार बैद्य, दिपेश लम्साल, उदय प्रकाश गिरी त्यस्तै पशुपति लामाको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति क्रमशः संयोजकः पशुपति लामा, सदस्यः पुजन श्रेष्ठ, सत्यमान लामा निर्विरोध निर्वाचित गरेको छ ।
    निवर्तमान सचिव उद्धव प्रसाद तिमल्सिनाले नव नेतृत्वलाई शुभकामना ब्यक्त गर्दै संस्थाको उत्तोरत्तर प्रगतीको कामना गर्नुका साथै एक्सप्रेस साकोसप्रति विद्यमान परिस्थितीमा पनि सदस्यहरुले देखाउँनु भएको माया, विश्वास र सद्भाव प्रति सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय, शुभचिन्तक महानुभावहरु सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । नव निर्वाचित अध्यक्ष ईश्वर के.सी.ले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँदै सदस्यहरुलाई प्रविधी मैत्री सेवामा प्राथमिकता दिने बताउनुभयो । 
    संस्थाले आ.व.को अन्त्यसम्म सदस्यहरुको विश्वास र कारोबारलाई स्थिरता कायम गर्न सक्षम भएको देखिन्छ । संस्थाको सम्पत्ति तथा दायित्व रु.१७,७३,९९,८२८।३७ बराबरको रहेको छ । संस्थामा शेयर पूँजी १,७७,७४,६००।०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३८.९४% तरलता ब्यबस्थापन रहेको छ । यस आ.व.मा संस्थाले खुद बचत (नाफा) रु.४२,४३,३७३।१३ गर्न सफल भएको छ । संस्थाले जगेडा १४.११%  सहित कुल प्राथमिक पूँजीकोष २४.१३% निर्माण गर्न संक्षम भएको छ । संस्थाले आ.व. २०८२÷०८३ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई ९,१३,६३२।५० बराबरको कर योगदान गरेको छ । 
    वर्तमान समय प्रविधीको यूग भएको हुँदा संस्था, सदस्य, सामाजिक सञ्जाल प्रयोगकर्ता, मिडियाकर्मीहरुको भूमिका संयमतापूर्वक आफ्ना गतिविधीहरु सकारात्मक ढंगबाट परिचालन गर्न सकेमामात्र समग्र सहकारी अभियानको सुधार भै संस्था र सदस्य दुवैको सामाजिक, साँस्कृतिक र आर्थिक जिवन सरल तथा सहज भै बजार समेत चलायमान हुने भएको हुनाले संयमता र सकारात्मक सोच आजको आवश्यकता हो भन्दै एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सबल र सुरक्षित सहकारी संस्थाको रुपमा परिचय बनाउँन आआफ्नो तर्फबाट योगदान र भूमिका निभाउँनु हुने सम्पूर्ण सदस्यहरु प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता ब्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्